Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई हेडक्वाटर तानिए

हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई हेडक्वाटर तानिए

  • काठमाडौं । रास्वपाको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर’ अभियानमा समर्थन जनाउँदै हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके दरबन्दी भएका सई खड्का प्रधान कार्यालय तानिएका हुन् । 

    AGNI GROUP

    नेपालगञ्जमा ड्युटीकै क्रममा खड्कालाई रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रममा हस्ताक्षर गरेपछि सोधपुछका लागि काठमाडौं बोलाइएको हो । ‘रास्वपाले सभापति रवि लामिछानेको पक्षमा माहोल खडा गर्न ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको हो ।

    प्रहरी ऐनले सुरक्षाकर्मीलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट