Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पिसिएल नर्सिङ

चिकित्सा शिक्षा आयोगको २० औँ बैठक: पिसिएल नर्सिङको कोटा निर्धारण

चिकित्सा शिक्षा आयोगको २० औँ बैठक: पिसिएल नर्सिङको कोटा निर्धारण

  • काठमाडौं । चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्  अन्तर्गत चिकित्सा शिक्षा तर्फ प्रमाण पत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र  मूूल्याङ्कन सहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, गैह्र नाफ मूलक (प्रतिष्ठान-साझेदारी) र निजी गरी दुुई सय ८५ शिक्षण संस्था लाई सिट निर्धारण गरिएको छ । बैठकमा मेडिकल कलेजहरु लाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुुमति दिन काुुननी सहजी करणका विषयमा पनि छलफल भएको थियो । 

    AGNI GROUP

    चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण सम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिकसत्रका लागि शिक्षण शुुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ । कार्यदलले अध्यक्षएवं प्रधानमन्त्री ओली लाई बुुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा.डा.अञ्जनीकुुमार झालाई हस्तान्तरण गर्नुभयो । बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

    बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोग लाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिनुुभयो । उहाँले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजी करणमा जानुुपर्ने बताउनुुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट