
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै छ । नयाँ आर्थिक वर्ष २०८२-८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागू हुन लागेको हो ।
नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।
सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को बिरोध गर्दै आएका छन भने सरकारले यो अध्ययनका लागि समित बनाएको छ । उक्त समितीले दिएको सुझाबका आधरमा सरकारले करमा केहि हेरफेर गर्न सक्ने बताइएको छ ।
आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४-३६ २ ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन् । त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२-८३ को पहिलो दिन अर्थात आजबाट लागू भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij