Logo

Jul 05 2025 | २०८२, असार २१ गते

Jul 05 2025 | २०८२, असार २१ गते

अमेरिकाको टेक्सासमा बाढी

२४ जनाको मृत्यु, २० जना बेपत्ता

२४ जनाको मृत्यु, २० जना बेपत्ता

  • काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    सीएनएनका अनुसार टेक्सासक गभर्नर जर्ज एबोटले बाढीका कारण २० जना बेपत्ता भएको बताएको उल्लेख गरेको छ । प्रशासनले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा खोजी कार्य भइरहेको र अहिलेसम्म साढे दुई सयको उद्धार गरिएको जनाएको छ ।

    images

    बाढीले मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, केर, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन क्षेत्र बढी प्रभावित रहेको बताइएको छ ।

    मौसम विभागले आगामी केही घण्टामा पश्चिमी टेक्सासमा बाढीको अवस्था अझ गम्भीर हुन सक्ने चेतावनी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij