Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

मधेस प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

मधेस प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

  • काठमाडौं । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

    images
    images
    images

    नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमुख सुवेदीले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन् ।

    images

    यी विधेयकहरूमार्फत आगामी आर्थिक वर्षमा प्रदेश सरकारको खर्च तथा बजेट कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको छ ।

    प्रदेशसभाबाट पारित भई प्रमाणीकरण प्रक्रियाबाट विधेयकहरू कानुनी रूपले कार्यान्वयन योग्य हुने भएकाले अब प्रदेश सरकारलाई बजेट कार्यान्वयनमा कुनै अवरोध नहुने जनाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij