Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

 बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

 बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

  •  काठमाडौं । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । 

    images
    images
    images

    सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताउनुभयो । जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्वपूर्ण रहने हुँदा एक दिने गरिएको बताइएको छ ।

     बालविवाहको अन्त्य, महिला हिंसा न्यूनीकरण तथा कानूनी सहायता सम्बन्धी जानकारी दिने उद्देश्यले तालीम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् । वडा नं ४, ५, र ६ का २५ पूजारी र धामीझाँक्रीको उपस्थिति थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij