Logo

Jul 15 2025 | २०८२, असार ३१ गते

Jul 15 2025 | २०८२, असार ३१ गते

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माण सहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।

    images
    images
    images

    मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरु सँग गएराति प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलका प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । 

    images

    यही असार २४ गतेको गोसाइकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीका कारण नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए ।

    ओलीले आफूूले बेनीघाट–कोराला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाको भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएकोे, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रापालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराए ।

    प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकहरुमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनः विचार गर्न माग गरेको थियो ।

    images

    साथै कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरना नाकामा पूर्णरुपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो ।

    कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij