
Jul 15 2025 | २०८२, असार ३१ गते
काठमाडौं । हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
भजनी नगरपालिका-९ आमबाडिबाट पेस्तोल २ थान, सोही पेस्तोलको गोली ११ राउण्ड, म्यागजिन १ थान, हर्नेट १ थान, गोली २४ राउण्ड, छर्रा १ डिब्बा, मयुरको प्वाख २ गुच्चा र जरायोको सिङ ३ थान सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ५० वर्षीय दिलिप कार्की, उनकै छोरा २२ वर्षीय बिकास कार्की र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश विक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले दिलिपको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij