Logo

Jul 15 2025 | २०८२, असार ३१ गते

Jul 15 2025 | २०८२, असार ३१ गते

‘रातो अबिर अभियान’

प्यूठानमा एकल महिलाले थाले ‘रातो अबिर’ अभियान

प्यूठानमा एकल महिलाले थाले ‘रातो अबिर’ अभियान

  • काठमाडौं । प्यूठानका एकल महिलाले ‘रातो अबिर अभियान’ थालेका छन् ।

    images
    images
    images

    सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान सुरू गरेका हुन् ।

    images

    श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नुपर्दा समाजमा अपहेलित हुनुपरेको बताउँदै उनीहरूले रातो अबिर अभियान चलाएका हुन् । रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार तोड्न महिलाहरू जुर्मुराएका छन् । कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरूलाई स्वतन्त्रता हुनुपर्ने सहभागीहरूले बताए ।

    एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरुले आफ्ना दुखेसो, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । गाडी चढ्दा समेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दुस्खेसो उनीहरूले पोखे ।

    वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान गुमाएर एकल जीवन बिताइरहेकी नौबहिनी गाउँपालिकाकी एक महिलाले गहभरी आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दुखेसो पोखिन् ।

    images

    समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरुले पनि महिलाहरूको संवैधानिक हक कुण्ठित गरिरहेकोले रातो अबिर’ अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरूले उद्घोष गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij