
Jul 15 2025 | २०८२, असार ३१ गते
रामेछाप । सुनकोसीको पानी डाइभर्सन गरी सिन्धुलीको मरिण क्षेत्रमा लैजाने परियोजनामा रामेछापका प्रभावित माझी समुदायले १३ बुँदे मागसहित रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडियो) अर्जुन कुमार शर्मा समक्ष ज्ञापनपत्र बुझाएका छन्।
परियोजनाले माझीहरुको परम्परागत जीविकामाथि प्रत्यक्ष असर गर्ने भन्दै क्षतिपूर्ति मुआब्जा समितिमा माझी समदायको प्रतिनिधित्व, उचित मुआब्जा तथा क्षतिपूर्ति हुनुपर्ने र यसको लागि आफूले पहल गर्ने बागमती प्रदेश सांसद रिता माझीले प्रतिवद्दता जनाएकी छिन् ।
त्यस्तै सिडियो शर्माले परियोजनासँग छलफल गरी टुंगोमा पुर्याउने आश्वाशन दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij