
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । हाल नेपालमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
मौसम सफा हुन अझै केही दिन लाग्ने मौसमविदहरुले बताएका छन् । महाशाखाकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले अझै केहि दिन मौसम सफा हुने सम्भावना छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij