Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

ईसेवाको पैसा एभरेष्ट बैंकको एटीएमबाट तुरुन्त 

ईसेवाको पैसा एभरेष्ट बैंकको एटीएमबाट तुरुन्त 

  • काठमाडौं । ईसेवामा भएको रकम अब सिधै एटीएमबाट निकाल्न सकिने भएको छ । ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो । 

    यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मेसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । 

    कम्पनीका अनुसार एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्ने व्यवस्था मिलाईएको इसेवाले जनाएको छ । 

    यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij