
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij