
Sep 03 2025 | २०८२, भदौ १८ गते
काठमाडौं । सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न दिएको सात दिनको समयावधि सकिएको छ । गत बुधबार सरकारले सामाजिक सञ्जाललाई सूचीकरण गर्न ७ दिनको अल्टिमेटम दिएको थियो ।
त्यो अवधि बुधबार कार्यालय समय ५ बजेसम्म सामाजिक सञ्जाल सूचीकरण गर्न कोही पनि सम्पर्कमा नआएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ ।
बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल सञ्चालक संस्थाबाट सूचीकरणका लागि निवेदन प्राप्त नभएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।
मन्त्रिपरिषद्को निर्णयबाट नै सात दिन भित्र सूचीकरण गर्न नआए नेपालमा सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारले चेतावनी दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij