
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समिति विस्तार गरी मनोनित सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।
मंगलवार बसेको आफूपक्षीय समूहको बैठकको अध्यक्षता गरेको ओलीले ५५६ थप गरेका छन् । सोमवार बसेको बैठकमा ओलीले ५५६ जनाको केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव गरेका थिए भने आजको बैठकले उक्त प्रस्तावको अनुमोदन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
पहिले नेकपा केन्द्रीय कमिटीमा ४४७ रहेको थियो । ५५६ जना केन्द्रीय सदस्यसंख्या थपिएसँगै १,००३ जनाको केन्द्रीय कमिटी बनेको र रिक्त संख्या १९६ रहेको उनले जानकारी दिए ।
उनले भने, “अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो मनोनयन गर्नुभएको थियो । उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गर्नुभएको छ । र, बैठकले गडगडाहट तालीका साथ उहाँको प्रस्ताव अनुमोदन गरेको छ । मनोनित सदस्य कमरेडहरूलाई बैठकमा अध्यक्ष कमरेडले सपथग्रहण समेत गराउनु भएको छ ।”
कूल सदस्य संख्या (१,१९९)
मौजुदा संख्या (४४७)
मनोनित संख्या (५५६)
हालको जम्मा संख्या (१,००३)
रिक्त संख्या (१९६)।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij