Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मेयर भरतकुमार थापा

मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा पुगेको हो ।

  • काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा जोडिएको मुद्दा हेर्दाहेर्दैमा पुगेको छ । बिहीबारसँगै यो मुद्दा तेस्रोपटक हेर्दाहेर्दैमा पुगेको हो ।

    images
    images
    images

    मेयर थापाविरुद्धको भ्रष्टाचार मुद्दामा बिहीबार विशेष अदालतमा बहस भएको थियो । बहस नसकिएपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

    न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायणसिंह राई र विदुर कोइरालाको इजलासमा मुद्दाको बहस भएको थियो । नेकपा माओवादी केन्द्रबाट निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबीसहित मेयर थापासहित चारजनाविरुद्ध २८ चैत २०८० मा मुद्दा दर्ता गरेको थियो ।

    यस्तै ०७४ असोजदेखि ७९ माघसम्म सार्वजनिक पदधारण गर्दाको अवधिमा थापाले अवैध रुपमा पाँच करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij