
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल र भारतबीच कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
काठमाडौंमा आयोजित तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकपछि हस्ताक्षर भएको हो ।
उक्त समझदारीपत्रमा विशेषगरी बाली उत्पादकत्वमा सुधार, पोष्टहार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषिजस्ता क्षेत्रमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने उल्लेख छ ।
दुवै मन्त्रीबीच कृषि क्षेत्रमा रहेको द्विपक्षीय सहयोगको समीक्षा भएको छ भने पारस्परिक लाभका लागि सहकार्यलाई थप बढावा दिने तरिकाहरूबारे छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij