
Jul 17 2025 | २०८२, साउन १ गते
काठमाडौं । एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुटको लाभ लिन सक्नेछन् ।
भक्तपुरको चाँगुनारायण क्षेत्रमा अवस्थित नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित हो । यस साझेदारीअनुसार ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले डिजिटल भुक्तानीको प्रवर्द्धनमार्फत वित्तीय समावेशीकरण र डिजिटल सशक्तिकरणमा योगदान पुर्याउँदै आएको जनाएको छ । यस्तै, नगरकोट सामुदायिक होमस्टेसँगको सहकार्यले ग्रामीण पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
यस सम्झौताले ग्राहकहरूलाई सुरक्षित, सरल र डिजिटल सेवा उपलब्ध गराउने र गाउँमा आधारित दिगो पर्यटनलाई अघि बढाउने अपेक्षा लिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij