Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्रोत नखुलेको ६ लाख रकमसहित भारतीय पक्राउ

स्रोत नखुलेको ६ लाख रकमसहित भारतीय पक्राउ

  • काठमाडौं । पर्साबाट प्रहरीले स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओमकुमार रौनियार रहेका छन् । उनलाई पर्सा, वीरगन्ज महानगरपालिका-१० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

    वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको लम्सालले बताए ।

    यस्तै, बारा, विश्रामपुर गाउँपालिका-३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पञ्चायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोदप्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना१४प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij