
Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वकेन्दीय उपाध्यक्ष तथा बर्दिया शाखाका पूर्वअध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश)को मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
पत्रकार महासंघ बर्दियाका सचिव यज्ञप्रसाद सापकोटाका अनुसार बस्यालको आइतबार दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी चक्र डमर पालका अनुसार दुर्घटनापछि शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको राती मृत्यु भएको हो । हुलाकी सडकको गणेश चोकमा मोटरसाइकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए ।
मोटरसाइकल चालक विष्णु पौडेल घाइते भई गुलरियामा उपचार भइरहेको छ । सडकको साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij