
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । काठमाडौँ चन्द्रागिरी नगरपालिका–२ मसिनेस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा धादिङ धुनिबेसी नगरपालिका–७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको हो ।
उनी मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij