Logo

Jul 15 2025 | २०८२, असार ३१ गते

Jul 15 2025 | २०८२, असार ३१ गते

महाकाली नदी

तुइन चुँडिँदा महाकालीमा खसेर एक जना बेपत्ता

तुइन चुँडिँदा महाकालीमा खसेर एक जना बेपत्ता

  • काठमाडौं । दार्चुलामा तुइन चुडिँदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।

    images
    images
    images

    व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइन चुडिँदा मंगलबार महाकालीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

    images

    मध्याह्न १२ बजे दुम्लिङबाट तुइन मार्फत महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुडिँदा महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

    नारायणसँगै २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइन मार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायण भन्दा अघि जितुले तुइन मार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए ।

    त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुडिँदा उनी बेपत्ता भएको निरीक्षक रावतले बताए ।

    images

    बेपत्ता भएका नारायणको स्थानीय बासिन्दा र प्रहरीले खोजी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij