Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

काठमाडौं र ललितपुरमा १५ जुवाडे पक्राउ

काठमाडौं र ललितपुरमा १५ जुवाडे पक्राउ

  • काठमाडौं । काठमाडौं र ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    काठमाडौं गोंगबु गणेशस्थानका ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित सातजनालाई पक्राउ गरेको छ । नगद ७२ हजार ५०० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

    यस्तै, ललितपुर महानगरपालिका–१४, तिखिदेवलका चमनसिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको टोखामा बस्दै आएका ३६ वर्षीय लोरबहादुर गुरुङसहितका व्यक्तिहरू छन् ।

    नगद दुई लाख २४ हजार ६७५ रुपैयाँ र १३ बुक ताससहित बुधबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij