
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । कीर्तिपुरकाे चोभारस्थित आगलागी भएको छ । मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको स्थानमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आगलागीकाे खबर पाउनसाथै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेकाे छ ।
आगलागी भएको ठाउँमा जस्तापाताका टहराहरु बढी भएकाेले आगो नियन्त्रणमा लिन नसकिएको प्रहरीले बताएकाे छ ।
स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीकाे भनाइ छ । आगो निभाउन तीन वटा दमकल प्रयोग गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij