
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-१४ बल्खुमा डेरा गरी बस्ने महोत्तरीको भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका छन् । उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौं-२४ नरदेवीमा अर्का एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ६० वर्षीय देखिने पुरूषको पहिचान खुल्न सकेको छैन ।
दुबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij