
Jul 15 2025 | २०८२, असार ३१ गते
काठमाडौं । भक्तपुर मालपोत कार्यालयका प्रमुख र एक सहयोगी २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् । कार्यालय प्रमुख कुमार आचार्य र सहयोगी टीकाराम राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरू मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
उनीहरूले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी मोहीको नाममा जग्गाधनी प्रमाणपत्र बनाउन घुस घुस लिएको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij