
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । झापामा ८३ वर्षीया बृद्धाको हत्या भएको छ । शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका- ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो ।
हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ। हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो ।
अनुसन्धान अनुसार बृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । यादवद्वयलाई झापा गाउँपालिका वडा नम्बर ७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए । बृद्धाको हत्या गर्नुको कारण’bout पक्राउ परेकासँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij