
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । ठमेलको १५ तल्लाको छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने भन्दै सम्पदा संरक्षण समाजले काठमाडौंमा प्रदर्शन गरेको छ ।
ठमेलस्थित व्यापारिक भवन छायादेवी कम्प्लेक्स ऐतिहासिक सार्वजनिक पोखरी मिचेर बनाइएको र पोखरी नै कायम हुनु पर्ने माग राखी आइतबार काठमाडौंको सुन्धरा क्षेत्रमा प्रदर्शन भएको हो ।
लिच्छविकालीन सम्पदा , इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेस बनाउने कार्यमा संलग्नलाई कारवाही गर्दै उक्त सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउन समेत माग गरिएको छ ।
प्रदर्शनकारीहरुले छाँयादेवी कम्प्लेक्स बहिष्कार गरौ, कमलपोखरी पुर्नस्थापित गरौ, सम्पदा संरक्षण अभियानमा सवै नेपाली एक हौ लगाएतका प्लेकार्ड प्रदर्श गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij