Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

काठमाडौं एअरपोर्टमा कार र मोटरसाइकल दुर्घटना

काठमाडौं एअरपोर्टमा कार र मोटरसाइकल दुर्घटना

  • काठमाडौं । काठमाडौंको एअरपोर्ट सडकमा कारले मोटरसाइकललाई ठक्कर दिएपछि एक जनाको निधन भएको छ भने एक घाइते भएका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार काठमाडौं एयरपोर्ट राडरस्थित सडकमा बा.३१ प २५३७ नम्बरको मोटरसाइकल बीएबी ५१२४ नम्बरको कारसँग ठक्कर खाई सो दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय नोर्बे लामाको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    कार चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij