Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

अमेरिकी इन्स्योरेन्स कम्पनीका सीईओको गोली हानी हत्या

अमेरिकी इन्स्योरेन्स कम्पनीका सीईओको गोली हानी हत्या

  • काठमाडौं । अमेरिकी कम्पनी युनाइटेड हेल्थकेयरको बीमा इकाईका प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्पसनको बुधबार बिहान (स्थानीय समय) न्यूयोर्कमा गोली हानी हत्या गरिएको छ ।

    images
    images
    images

    न्यूयोर्कको हिल्टन होटल अगाडि एक आक्रमणकारीले थम्पसनलाई गोली हानेका थिए । न्युज पोर्टल ब्लूमबर्गले प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै थम्पसनको छातीमा गोली लागेको बताएको छ ।

    कम्पनीको लगानी दिवस सम्मेलनमा सहभागी हुन थम्पसन बुधबार होटल पुगेका थिए । कम्पनीले आफ्ना एक कर्मचारीको स्वास्थ्य अवस्थाका कारण सम्मेलन समयअघि नै सकिएको जनाएको छ ।

    न्यूयोर्क पोस्टका अनुसार एक मुखौटाधारी व्यक्तिले थम्पसनमाथि गोली चलाएको थियो । गोली लागेपछि थम्पसनलाई माउन्ट सिनाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij