
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । प्रहरीले सुनसरीको धरानमा गोली चलाएर २ गाडी गाँजा नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा लिएर आउँदै गरेको गाडी भगाउन खोजेपछि प्रहरीले गोली चलाएर गाजा नियन्त्रणमा लिएको हो ।
गाँजा लिएर धरानतर्फ आउँदै गरेको गाडीलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यस क्रममा चालक भाग्न खोजेका पछि गोली चलाएर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले २ वटा गाडीबाट ६ सय किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ । चालकमध्ये १ जना पक्राउ परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij