Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले पनि माग्यो अनुमति

रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले पनि माग्यो अनुमति

  • काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले पनि अदालतसँग अनुमति माग गरेको छ ।

    images
    images
    images

    वीरगञ्ज महानगरपालिका- ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट अवैध तबरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो ।

    उक्त सहकारीका अध्यक्ष जीवी राई हुन् । पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताए ।

    सहकारी ठगीमा उक्त गिरोहमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । यसअघि उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनका विभिन्न सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ ।

    ‘हाम्रोतर्फबाट लेखापढी गरेर जिल्ला अदालतमा पठाइसक्यौ, आजभोलिमै अनुमति आउँदैछ’, उनले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij