
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । काठमाडौंको जडिबुटीमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति सडकमा रोकिराखेको बा४ख ६१८२ नम्बरको टिप्परमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
सो क्रममा मोटरसाइकल चालक पर्साको वीरगञ्ज मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
टिप्पर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij