Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

ललितपुरमा ट्राफिकको स्पिड चेकिङमा मोटरसाइकल दुर्घटना

ललितपुरमा ट्राफिकको स्पिड चेकिङमा मोटरसाइकल दुर्घटना

  • काठमाडौं । ललितपुर महानगरपालिका–१५ बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ । ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा नियन्त्रण गर्न नसकेर चालक गम्भीर घाइते भएका छन् । प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको आर–१५ यमाहा मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ ।

    images
    images
    images

    तनहुँ घर भएर पेप्सीकोला बस्ने बस्यालको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।

    शुक्रवार मध्यान्ह भएको दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते भएका छन् । उनको बीएण्डबी अस्पतालमा उपचार हुँदै छ ।

    ओभर स्पिडमा रहेको मोटरसाइकललाई राडार गनले सङ्केत गरेपछि ट्राफिकले रोक्न खोज्दा रेलिङमा ठोक्किएको थियो । प्रहरीका अनुसार चालकले मोटरसाइकल ९९ स्पिडमा हाँकेका थिए ।

    मोटरसाइकलको ठक्करबाट ट्राफिकका सहायक हवलदार जनक सिंह भाट घाइते भएका छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार हुँदै छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij