Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

भिडियो कलको त्यो दृश्यले हलचल

भिडियो कलको त्यो दृश्यले हलचल

  • काठमाडौं । प्रेम प्रस्ताव राख्दै भिडियो कलमार्फत युवतीको गोप्य अंग देखाउन भन्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट तलाखु–५ घर शिवपुरी–१ बस्ने ३५ वर्षीय सुरेन्द्र केसी रहेका छन् । उनलाई प्रहरीले साइबर क्राइमअन्तर्गत पक्राउ गरेको हो ।

    images
    images
    images

    केसीले एक युवतीलाई सामाजिक सञ्जालमा पहिला साथी बनाएका थिए । त्यसपछि उनले प्रेम प्रस्ताव राख्दै भिडिओ कल गरेर गोप्य अंग देखाउन लगाएका थिए । उनीसँगको कुराकानी रेकर्ड गर्दै केसीले युवती र उनका आफन्तलाई पठाएका थिए ।

    युवतीको बेइज्जती गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत ५ दिन म्याद थपिएको ब्यूरोले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij