
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौँ ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिए ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौँ ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो ।
अब उनलाई आज या भोली मात्र काठमाडौँ ल्याइने भएको छ । रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधवार साँझ वा बिहिवार बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन् ।
पोखरामा नै रहेका उनले फेशबुकमा लेखेका छन्– ‘कास्की प्रहरीले रवि दाइलाई बुधवार साँझ वा बिहिबार बिहान मात्र काठमाडौं पठाउने भएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij