
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।
विरोध प्रदर्शनका लागि प्रचण्ड – नेपाल पक्षका नेता कार्यकर्ता आन्दोलन कार्यक्रमका लागि भेला हुन थालेका छन् । यसैकारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको छ । विभिन्न स्थानका सवारी रुट डाईभर्सन गरिएको छ ।
नेकपाको प्रचण्ड-नेपाल समूहले आज बिहान ११ बजे काठमाडौंका विभिन्न १० स्थानबाट जुलुस निकालेर प्रतिनिधिसभा विघटनको विरोध गर्न लागेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले विरोध प्रदर्शन र सभाको कार्यतालिका र जुलुसलाई मर्यादित बनाउनका लागि निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij