Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

  • काठमाडौं । बैतडीमा बलात्कारको आरोपमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी छन् ।

    images
    images
    images

    ३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

     धामीले विभिन्न प्रलोभनमा पारी पटक-पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको  आरोप छ ।

    पीडित युवती  अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ । पक्राउ पर्ने धामी विवाहित रहेका छन् । पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij