Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु

  • काठमाडौं । चितवनको भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी एक बालिकाको मृत्यु भएको छ । असार ३० गते दिउँसो करीब ४ बजेतिर अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकीमा खसेकी पाँच वर्षीया अन्जना मगरको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

    images
    images
    images

    अन्जना भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी छोरी हुन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

    images

    अस्पतालको सी ब्लक नजिकै रहेको सेफ्टिक ट्यांकी निकै ठूलो छ । त्यसको ढकनीको भागबाट खेल्दै जाने क्रममा पाँच वर्षीया अन्जना खसेकी थिइन् ।

    उनको केहीबेर पछि नै उद्धार गरेर उपचार सुरु गरिए पनि मंगलबार बेलुकी ६ः४० बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij