Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

भलिबल खेलेर फर्किँदै गरेका युवकको भिरबाट लडेर मृत्यु

भलिबल खेलेर फर्किँदै गरेका युवकको भिरबाट लडेर मृत्यु

  • काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर घर फर्किने क्रममा बिहीबार साँझ मुरापाखा डाँडाबाट लडेर बाँफिकोट गाउँपालिका–१ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकका अनुसार भिरबाट लडेपछि मल्ल गम्भीर घाइते भएका थिए ।

    images

    घटनापछि उनलाई तत्काल प्राथमिक स्वास्थ्यचौकीमा लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको थियो ।

    तर अवस्था गम्भीर भएपछि चिकित्सकले गए राति नै उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij