
Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौं । अमेरिकाको संसदले क्रिप्टोकरेन्सी नियमनसम्बन्धी पहिलो ठूलो विधेयक जिनियस एक्ट पारित गरेको छ । यसले अमेरिकी डलर वा यस्तै सम्पत्तिको आधारमा ‘स्टेबलकोइन’ जारी गर्नेलाई पर्याप्त रिजर्भ राख्न बाध्य बनाउने वासिङ्टन पोस्टले जनाएको छ ।
यसअघि जुन महिनामा सिनेटले पारित गरिसकेको विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानून बन्नेछ । ‘क्रिप्टो राजधानी बनाउने’ वाचा गर्नुभएका ट्रम्पले विधेयकको स्वागत गर्दै आफ्नै क्रिप्टो व्यवसायसमेत प्रवर्द्धन गरिरहनु भएको छ ।
ट्रम्प प्रशासनले क्रिप्टोमैत्री नीति ल्याएको हो भने अघिल्लो बाइडेन प्रशासनले कडा नियमन गरेको थियो ।
यो विधेयकसँगै संसदले कमिसनलाई मान्यता दिने र केन्द्रीय डिजिटल मुद्रा जारी गर्न फेडरल रिजर्भलाई रोक लगाउने थप दुई प्रस्ताव पनि पारित गरेको छ ।
तीनवटै प्रस्ताव दुई दिनको रोकपछि बिहीवार ट्रम्पकै हस्तक्षेपमा पारित भएको खबरमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij