Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

महिला लिग आजबाट, उद्घाटन खेलमा आर्मी र पुलिस भिड्ने

महिला लिग आजबाट, उद्घाटन खेलमा आर्मी र पुलिस भिड्ने

  • काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा आज दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।

    images
    images
    images


    खेल दशरथ रंगशालामा दिउँसो २ बजे शुरु हुने आयोजक संस्था एन्फाले जनाएको छ ।

    प्रतियोगितामा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सहभागिता जनाउने छन् ।

    प्रतियोगिताको उद्घाटन र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने बाँकी खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij