Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

हिमालयन बैंकको एफपीओमा आवेदन खुल्यो

हिमालयन बैंकको एफपीओमा आवेदन खुल्यो

  • काठमाडौं । हिमालयन बैंकले आम सर्वसाधारणका लागि आज बुधबारदेखि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।

    images
    images
    images

    बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

    images

    हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गर्नेछ । बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

    एफपीओमा साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

    न्यूनतम १० तथा अधिकतम पूरै सेयरका लागि आवेदन दिन सकिने छ । एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी प्रदान गरेको छ । मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।

    images

    आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ । बैंक ७ अर्ब ३६ करोड सञ्चित नोक्सानीमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij