Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

लिटरमै ५ रुपैयाँ घट्यो पेट्रोलको भाउ

लिटरमै ५ रुपैयाँ घट्यो पेट्रोलको भाउ

  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

    images
    images
    images

    निगम सञ्चालक समितिले बुधबार बिहान १ बजेबाट लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय गरेको हो । निगमद्वारा मंगलबार साँझ जारी सूचनामा उल्लेख भएअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर समान १ रुपैयाँ मूल्य घटेको हो ।
    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

    images

    निगमको वर्गीकरणअनुसार पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । पहिलो वर्गमा पर्ने क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५७ रूपैयाँ ५० पैसा पर्नेछ । यस्तै डिजेल र मट्टीतेलको प्रतिलिटर १४५ रूपैयाँ ५० पैसा कायम भएको छ ।

    दोस्रो वर्गमा पर्ने क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाण्डू पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४८ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij