Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

  • काठमाडौँ । अहिले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। हाल नेपालको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images
    images

    आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश नं १ का पहाडी भू-भागका एकदूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै आज राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij