
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर महानगरपालिका – १५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थामा चोरी भएको छ । सहकारीको ताला फुटाएर विभिन्न धनमालसहित करिब २ लाख रुपैयाँ चोरी भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू गएराति चोरी भएको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीको भनाई छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij