
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । रुकुम पश्चिममा प्रहरीले हवाई फायर गरेको छ । नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको हो ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोमवार बेलुकीदेखि नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ ।
बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले राउन्ड एसएलआर र थ्री नट थ्री राइफलबाट गरी १७ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।
विवादमा झण्डै ३५०० जना रहेका उनले बताए । झडपका क्रममा ९ नम्बर वडाध्यक्ष तारकबहादुर शाही घाइते भएको डीएसपी श्रेष्ठले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij