
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिका – १४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज (सोमबार) विद्युत चुहावट हुँदा लागेको आगो नियन्त्रणमा आएको छ ।
आगलागीमा परी घाइते भएका दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । आगलागीको जानकारी पाउनेबित्तिकै पुगेको प्रहरीले २३ जनालाई अपार्टमेन्टभित्रका कोठाबाट उद्धार गरेको थियो ।
महानगरीय प्रहरी परिसरका अनुसार विद्युत चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको हो ।
प्रहरीका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए ।
आज सोमबार दिउँसो २ बजे लागेको आगो १ घण्टा नियन्त्रणबाहिर थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij