
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रदेश – १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रति असहमति जनाउँदै आएका उनीहरुले आज (सोमबार) विज्ञप्तिमार्फत् अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिएका हुन् ।
ओली पक्षमा आउने प्रदेश सांसदहरु जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन् ।
सांसद बुढाथोकी र मैनालीले वामदेव गौतमको एकता अभियानमा लागेको बताउँदै नेकपाकै सरकारविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको बताएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij