
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । कृत्रिम आँखाको माध्यबाट उनले देख्न नसके पनि अरूले हेर्दा अझै राम्रो देखिएकी छिन् ।
उनले अरू मानिसलाई हेरिरहेको जस्तो देखिए पनि उनी भने देख्न सक्दिनन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् ।
कृत्रिम आँखाले आँखा देख्न नसके पनि अरूले हेर्दा राम्रो देखिने उनको भनाई छ । ‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । अपरेसन पछि आँखा देख्ने जस्तो देखिन्छ रे । अब कालो चस्मा लगाउनुपर्दैन ।’ मेनुकाले भनेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij